रविलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश

२२ चैत २०८१, शुक्रबार —  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएको थियो। तर, उच्च अदालतले सो निर्णय उल्ट्याउँदै न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो । एस अघि सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।

यो फैसला विशेष महत्वको मानिएको छ, किनभने लामिछाने नेपालको राजनीतिक क्षेत्रमा निकै चर्चित व्यक्तित्व हुन् र हालसालैका विभिन्न मुद्दामा संलग्नताको कारण चर्चामा छन्।

थुनामा पठाउने आदेशले उनीमाथि चलिरहेको मुद्दामा थप गम्भीर मोड आएको संकेत गर्छ। अदालतले के आधारमा यस्तो आदेश दिएको हो भन्ने विस्तृत विवरण भने हाल सार्वजनिक गरिएको छैन।

0 Comments

Leave a comment

Latest News

View All

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

Tags

© 2025 FinTech Technology. All Rights Reserved.